Admission Open

बाल प्रतिभा प्रतियोगिता तथा पुस्तक विमोचन

ईश्वरी भट्ट/न्यूह्यामसायर : अनेसास न्यूह्यामसायरले शनिवार एक भव्य समारोह बिच बाल प्रतिभा प्रदर्शन तथा चारवटा पुस्तकहरूको संयुक्त विमोचन तथा विमर्श कार्यक्रम आयोजना गरेको छ । विमोचित पुस्तकहरूमा ईश्वरी भट्टको- ‘केही फूलका थुंगाहरू’, ‘गोपाल भण्डारीका छन्द कविताहरू’, सरिता अर्यालको  – ‘खुसीको फड्को’ र हरिमाया अधिकारीको ‘छोपिएको भाग्य रेखा’ गजलहरू छन् । कृतिमाथि क्रमशः गोवर्द्धन पूजा, लालगोपाल सुवेदी , ईश्वरी भट्ट र रामचन्द्र भण्डारीले विवेचना गर्नु भएको थियो । विवेचना पश्चात कार्यक्रममा लेखकहरूले क्रमशः आफ्ना भनाइहरू राख्नु भएको थियो।

अनेसास न्यूह्यामसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख  अतिथि, अनेसास वि ओ टी अध्यक्ष गीता खत्री र विशेष अतिथिहरूमा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, सल्लाहकार राम खत्री, कवि लालगोपाल सुवेदी, सरिता अर्याल लगाएत थुप्रै साहित्यकार एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बाल-बालिकाहरूको प्रतिभा उजागर गर्ने हेतुले संचालित उक्त कार्यक्रममा   ६ बर्षदेखि ११ बर्षको एक समूह र १२ देखि १८ सम्मको अर्को समूह थियो । जसमा बाल-बालिकाहरूले आ- आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगितामा ६-११ समूहमा प्रथम आन्या वैध्य, द्वितीय अनुसा तामाङ, तृतीय ग्रूप डान्समा  जुनीपर गुरूङ, दिक्षीता गुरूङ, विदीसा गुरूङ र सिनोरा गुरूङ भएका थिए भने , १२-१८ समूहमा प्रथम देव शर्मा, द्वितीय रितेष आचार्य र तृतीय रिदम भण्डारी भएका थिए । कार्यक्रम पश्चात निर्णायक मण्डलका महेश्वर पन्त, शुशील गौतम र डा मधु माधुर्यको तर्फबाट महेश्वर पन्तले विजेता उप विजेताहरूको नामावली प्रस्तुत गर्नु भएको थियो । दुवै समूहका प्रथमले $३००, द्वितीयले $२०० र तृतीय हुनेहरूले $१०० को दरले पुरस्कार पाएका थिए भने सबै उप- विजेता सहभागिहरूलाई आकर्षक उपहार एवं प्रमाण – पत्र  प्रदान गरिएको थियो । कार्यक्रममा न्यूह्यामसायरका झण्डै सॅाढे दुई दर्जन बाल बालिकाहरूले भाग लिएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष राम श्रेष्ठले यसै वर्षबाट स्थापित  हरेक बर्ष प्रदान गरिने $२०० को “मुक्तिनारायण, मनमाया श्रेष्ठ स्मृति पुरस्कर” आख्यानकार सरिता अर्याललाई प्रदान गरियो । अध्यक्ष तथा प्रमुख अतिथिबाट पुरस्कार तथा रकम प्रदान गरियो। त्यसैगरी निर्णायक मणडलका महेश्वर पन्त, शुशील गौतम र डा मधु माधुर्य, वेस्ट डोनर मेरिम्याक काउन्टी सेभिङ बैक, पुरस्कार संयोजक उपाध्यक्ष राम श्रेष्ठलाई पनि सम्मान-पत्र प्रदान गरिएको थियो । त्यही अवसरमा  एनआरएन भाषा साहित्य संस्कृति संपदा समितिले गरेको पहिलो विश्व भाषा साहित्य सम्मेलनमा सहयोग गरेवापत एन एच च्याप्टर अध्यक्ष कमल ढुंगानालाई संस्थाको प्रकाशित स्मारिका संयोजक महेश्वर पन्त र अर्थ संयोजक ईश्वरी भट्टले हस्तान्तरण गर्नु भएको थियो ।

त्यसैगरी अनेसास भवन निर्माणको लागि प्रधान संपादक एवं ट्रष्टी  ईश्वरी / शारदा भट्टबाट $११११.११ र च्याप्टरको तर्फबाट $२००० वि ओ टी अध्यक्ष गीता खत्रीलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्नु हुँदै वि ओ टी अध्यक्ष गीता खत्रीले अनेसास न्यूह्यामसायरको कार्यको प्रसंसा गर्दै भवन निर्माणको लागि रकम प्रदान गर्ने अनेसास च्याप्टर र प्रधान संपादकलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । आफ्नो मन्तब्यको क्रममा वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र आख्यानकार सरिता अर्यालले अनेसास न्यूह्यामसायरको कार्यको प्रसंसा गर्नुहुँदै खुसी व्यक्त गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा आर्थिक भौतिक सहयोग गर्ने, उपस्थित सहभागी बाल-बालिका, अविभावक, स्वयंसेवक, हल प्रदान गर्ने, खाना प्रदान गर्ने सबै सबैमा हार्दिक आभार धन्यवाद व्यक्त गर्दै अध्यक्ष हर‍िमाया अधिकारीले सभा विसर्जन गर्नु भएको थियो। कार्यक्रम संस्थाका सचिव नन्द शर्माले संचालन गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...