Admission Open

ad place

गोविन्द वियोगी पत्रकारिता पुरस्कार विष्णु नेपाल र राजेन्द्र बानियाँलाई

[ नुवाकोटको सुइरेचौरमा निर्मित ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ को शुभारम्भ ]

काठमाडौँ : सम्पादक समाज नेपालले हरेकवर्ष प्रदान गर्दै आएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार यस पटक पत्रकार विष्णु नेपाल र राजेन्द्र बानियाँलाई प्रदान गरेको छ। समाजले राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक विष्णु नेपाललाई ‘विशेष पत्रकारिता पुरस्कार २०७८’ र हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँलाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ प्रदान गरेको हो।

उक्त पु्स्कार सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको हो ।
२०६२ सालमा स्थापित उक्त पुरस्कार १५ हजार १ र २५ हजार १ राशिको रहेको छ ।

समाजले नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ निर्माण गरी शुभारम्भसमेत गरेको छ ।

साथै उक्त अध्ययन केन्द्रको हातामा निर्मार्ण गरिएको सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको अर्ध कदको सालिक पनि अनावरण गरिएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उक्त सालिकको अनावरण गरेका हुन ।

कार्यक्रममा सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले करिब डेढ रोपनी जग्गामा निर्मित उक्त अध्ययन केन्द्रमा २५ जनासम्म पत्रकारलाई आवासीय प्रशिक्षण दिन सकिने जानकारी गराएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...