Admission Open

एमाले अध्यक्ष केपी ओली आमसभालाई सम्बोधन गर्न आज हुम्ला जाँदै

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न  जाँदैछन्  ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित  प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न  अध्यक्ष ओली हुम्ला जान लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।

जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा प्रस्थान हुन र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थाई कमिटि सदस्य गोरख बहादुर बोगटिले बताए ।

लिमीका वासिन्दासँग भेटेपछि नेपाल र चीनको सीमाना नाम्खा गाउपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ  ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...