Admission Open

सञ्चार सहकारी ११औं वर्षमा प्रवेश

पोखरा : पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था आजबाट दसौं वर्ष पुरा भइ ११औं वर्ष प्रवेश गरेको छ । २०६८ फागुन १६ गते स्थापना भइ सहकारीले २०६९ वैशाख ३ गतेबाट वित्तीय कारोबार सुरु गरेको थियो ।

वार्षिकोत्सवको अवसरमा सहकारीका अध्यक्ष विनोद ढुंगानाले शुभकामना सन्देश जारी गर्दै संचालक, सल्लाहकार, लेखा समिति लगायत विभिन्न समिति उपसमितिका संयोजक तथा सदस्यहरु, कर्मचारी, सम्पूर्ण शेयरधनी एवं शुभचिन्तकहरुमा आभार सहित हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सहकारीले वार्षिकोत्सवको अवसरमा सरकारी विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार ५ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिने सहकारीका उपाध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिए ।

सहकारीमा हाल ४ सय ५९ सेयर सदस्य आवद्ध छन् । सहकारीले ३५ करोड रुपैयाँको कारोबार गर्न सफल भएको व्यवस्थापक रेशम खड्काले जानकारी दिए ।

टिप्पणिहरु
Loading...