पोखरा : पोखरा महानगरपालिका वडा न ५ र १८ को संगम स्थल लब्ली डाँडाको नजिकै पोखरामानै रहेर पनि एउटा टोल सिमानामार्गमा गाडी गुड्ने बाटोबाट विमुख हरनुपरेको थियो । बाटोकै कारण कोही विरामी पर्दा पनि हिँडेर, बोकेर अस्पताल लैजानु पर्ने बाध्यताका कारण स्थानीयहरुले ट्रयाक खोल्नु पर्ने माग धेरै अगाडिदेखि राखे पनि पूरा भएको थिएन । जहाँ २०० घरधुरी र ४०० बढी मानिसको बसोबास रहेको स्थानीय पार्वती पौडेलले बताइन ।
आज स्थानीय बासी जग्गाधनी गणेश प्रसाद भट्टराईको जग्गाबाट बाटोको ट्र्याक खोलिएको छ । स्थानीयबासीहरुले वर्षौ देखिको माग पूरा भएकोमा खुसी व्यक्त गरेका छन । गणेस प्रसाद भट्टराईले दिएको जग्गामा युवा व्यवसायी तथा समाजसेवी युवराज खतिवडाले ट्याक खोल्नका लागि निशुल्क आफ्नो वाइ यु के कन्ट्रक्सनबाट डोजर उपल्ब्ध गराएर ट्याक खोलि दिएका छन । ट्याक खोल्ने क्रममा बोल्दै खतिवडाले जनताको दु :खमा जहिले पनि मलम लगाउन तयार भएको बताउँदै उक्त बाटोको ढलानलाई एक लाख सहयोग गर्ने पनि बचन दिएका थिए ।
खतिवडाले यतिखेर पोखरा महानगरपालिका वडा न १८ सेदीमा वाइ युके सुपरमार्केट संचालनमा ल्याएका छन । जहाँ सटरहरु धमाधम बुकिङ भईरहेका छन । आज हामीले उक्त स्थानमै पुगेर स्थलगत रिपोर्ट तयार पारेका छौँ ।
हेर्नुहोस् भिडियो :


