Admission Open

आजदेखि उपकार लघुवित्तको आइपीओ बिक्री खुला

काठमाडौं : उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज चैत्र २५ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार बराबरको प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कुल शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणमा वितरण गर्ने कम्पनीले जनाएको छ ।

आइपीओ खरीदका लागि छिटोमा चैत २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा २०७९ बैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आवेदकले विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...