
यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र बिमला खाजुमलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र सम्पादनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भैसकेका छन्।