Admission Open

सेञ्चुरी बैंकद्वारा नयाँ निक्षेप खाता सञ्चालन

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेञ्चुरी रिकरिङ निक्षेप खाता संचालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

न्यूनतम एक हजार रुपैयामा नै खाता खोल्न सकिने र खातामा क्रमिक रुपमा थप रकम जम्मा गर्न सकिने बताइएको छ ।

सेञ्चुरी रिकरिङ मुद्धतीमा खाता खोल्दाकै बखतको ब्याज दर प्रदान गरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको व्याज प्रदान गरिने छ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत खाता खोल्न सकिनेछ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...