Admission Open

ad place

प्रतिभा मावि पोखराले प्रा. डा. अभि सुवेदी र पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई सम्मान गर्ने

पोखरा : पोखराको प्रतिभा माध्यमिक विद्यालयले विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । विगतका वर्षहरूमा जस्तै गरी विद्यालयले यस वर्ष पनि ‘प्रतिभा सम्मान’ गर्न लागेको हो ।

विद्यालयले यस वर्ष प्रा. डा. अभि सुवेदीलाई प्रतिभा विशेष व्यक्तित्व पुरस्कार प्रदान गर्ने भएको छ । चैत १९ गते शनिबार एस.आर.के.सी. बैंक्युट माटेपानीमा विशेष कार्यक्रमबीच सम्मान गर्न लागिएको हो ।

त्यसैगरी नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रतिभा वर्ष पुरस्कार प्रदान गरिने विद्यालयका निर्देशक किरण सापकोटाले जानकारी दिए ।

त्यस्तै प्रतिभा रत्न एवं वार्षिक पुरस्कार वितरण कार्यक्रम पनि सोही अवसरमा हुनेछ । प्रतिभा पोखरा क्षेत्रकै उत्कृष्ट विद्यालयमा पर्न सफल छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...