Admission Open

ad place

मोटरहेडको ‘स्क्रयाच एण्ड क्याच तथा क्यास अफर, एक लाखसम्म छुटको अवसर

काठमाडौं : एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टेड प्रा.लि.ले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्रयाच एण्ड क्याच तथा क्यास (Scratch & Catch The Cash) अफर ल्याएको छ ।

अफर चैत १५ देखि ३१ वैशाख २०७९ सम्म जारी रहनेछ । अफर अन्तर्गत मोटरहेडका बाइक खरिद गर्ने सम्पूर्ण ग्राहकको लागि ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म स्क्र्याच गरी छुट पाउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । अफर अवधिभर बाइक खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली बिजेतालाई २ लाख ७ हजार ९ सय रुपैयाँ प्रदान गरिनेछ ।

देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा यो अफर उपलब्ध रहनेछ । सिधै नगद छुट भन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ ।

मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु छन् । १७ वटा मुख्य सहरहरुमा सेल्स÷सर्भिस÷स्पेयरको सुविधा सहित डिलर छ । साथै बिक्री पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारिक मर्मत केन्द्रको पनि विस्तार गर्दै आएको छ ।

हाल मोटरहेडका बाइकहरु ३ लाख ५ हजार रुपैयाँदेखि अधिकतम ४ लाख ५५ हजार रुपैयाँसम्ममा उपलब्ध छन् । सबैको पहुचमा रहेको मोटरहेड वाइकको यहि मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पनीले जनाएको छ ।

ग्राहकसँगको सम्बन्धलाई अझ बढी नजिक बनाउन कम्पनीले बिक्री मुलक कार्यक्रममा मात्र केन्द्रित नभई कस्टुमर केयर डिपार्टमेन्ट पनि सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...