Admission Open

ad place

स्वर्गीय रमेश गुप्ताको सम्झनामा रमेश कर्पले मनायो स्थापना दिवस

काठमाडौँः रमेश कर्प प्रा.लि.ले आफ्ना संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मदिनको अवसर पारेर १८ मार्चमा आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । यस कम्पनीका नेपाल भरी १७ विभिन्न व्यापारिक संगठनहरु छन् । यो दिन स्वर्गीय  रमेश गुप्ता र वहाँँलेसानै उमेरदेखि व्यापारिक साम्राज्य निर्माण गर्न गरेको संघर्ष र प्रयासप्रति समर्पित छ ।
यस विशेष दिन मनाउनको लागि रमेश कर्पका नेपालभरका कर्मचारीहरू भेला हुन्छन् । ठूलो परिवार भएकोले यो दिन रमेश कर्पका विभिन्न कम्पनीका विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने उत्कृष्ट अवसर पनि हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष श्री सुशील गुप्ताले भन्नुभयो, “हाम्रो संस्थापक तथा मेरा पिता स्वर्गीय श्री रमेश गुप्ता कम्पनीलाई फगत एउटा कम्पनी मात्र नभएर एउटा परिवार बनाउनु पर्छ भन्ने मान्यतामा दृढ विश्वास राख्नुहुन्थ्यो । आजको दिन यस रमेश कर्प परिवारमा हामीले बनाएका सदाचारहरु सम्झिने दिन हो र त्यसलाई मनाउने दिन हो । र यो स्थापना दिवस वहाँँको विश्वास, मान्यता र सिद्धान्तहरु प्रतिको सम्मान हो र वहाँँको विरासतलाई हामी सबैले निरन्तरता दिनुपर्छ ।”

उपाध्यक्ष श्री रोहित गुप्ताले भन्नुभयो, “हाम्रा कर्मचारीहरु हाम्रो संगठनात्मक संस्कृतिको प्रतिबिम्ब हुन् । हामी हाम्रा ५ मूल मान्यताहरुः अग्रगमन, निष्ठा, गति, आधिकारिकता र व्यावसायिकताको साथ“सँगै अगाडि बढ्ने”मान्यतामा विश्वास गर्छौँ र यसले नै हामीलाई हाम्रो साझेदारहरुसँग एकताबद्ध हुन र उनीहरूको व्यक्तिगत र संगठनात्मक वृद्धि र विकासमा नेतृत्व प्रदान गर्न सहयोग गर्छ ।”

यस एक–दिवसीय कार्यक्रम रमेश कर्पका कर्मचारीहरु प्रति समर्पित छ र यसमा विभिन्नका र्निभल, रमाइलो खेलहरु, अन्तरक्रियात्मक गतिविधिहरूका साथै औपचारिक कार्यक्रमअन्तर्गत स्टार पर्फर्मेन्स र अन्य मनोरञ्जनात्मक गतिविधिहरु आयोजना गरिएको थियो। त्यस्तै उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई उनीहरुको कडा परिश्रम र कम्पनीप्रतिको लगावको लागि सम्मान पनि गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...