Admission Open

ad place

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर संचालन

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको पेप्सीकोला शाखाले चैत ७ गते सोमबार दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा लिएका थिए । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...