Admission Open

ad place

भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको ‘फलिङ फर यु’ सार्वजनिक 

काठमाडौं : भ्वाइस अफ नेपालको मञ्चबाट परिचित  गायक सनिश श्रेष्ठको सुमधुर स्वरमा सजिएको  ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ भर्सनको  यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतवद्द गरेका हुन्।  जावेद खानले छायाँकन गरेको यस भिडियोमा  इरा महर्जनको  कोरियोग्राफी रहेको छ।   म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ फिचर्ड छन्।

लुपी इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। प्रगती बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह-निर्माता  हुन्।  निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक: https://www.youtube.com/watch?v=g5p36QQfsls&authuser=1

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...