Admission Open

ad place

भारतमा ब्यापक रुपमा बिस्तारित ब्राण्ड ‘किड्जी’ नेपालमा पनि बढ्दै

 

काठमाडौं : किड्जी वर्तमान समयमा भारतको सबैभन्दा ब्यापक रुपमा बिस्तार हुँदै गरेको प्री स्कुल (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन हो । ७५० भन्दा बढी भारतीय सहरमा विस्तार भएको किड्जी नेपालमा पनि ४ शहरमा विस्तार भएको छ । नेपाल र भारतमा गरी २ हजार भन्दा बढी केन्द्रहरूको सञ्जालका साथ किड्जी बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध रहेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा किड्जी केन्द्रित रहेको बताइएकोे छ

वर्षौंको समर्पित अनुसन्धानको साथ किड्जीले सिडिभई (बाल विकास र शिक्षा) क्षेत्रमा अतुलनीय मापदण्डहरू स्थापित गरेको बताइएको छ । प्रत्येक बच्चाको विशिष्टता र तिनीहरूको असीम क्षमतालाई स्वीकार गरेको किड्जीसँग भारतको एक मात्र विश्वविद्यालय–प्रमाणित पूर्वस्कूल पाठ्यक्रम ILLUME को स्वामित्व छ ।

बच्चाहरू जन्मने बित्तिकै आफ्नो वरपरको संसार खोज्न थाल्छन् । जीवनको पहिलो ६ वर्षमा मस्तिष्कको अधिकतम विकास हुने हुँदा यो अवधि प्रारम्भिक सीपहरू प्राप्त गर्नका लागि महत्वपूर्ण हुन्छ । किड्जीमा बालबालिकाहरूलाई बाल–केन्द्रित पाठ्यक्रम मार्फत आफ्नो खोज जारी राख्न प्रोत्साहित गरिन्छ ।

किड्जीद्वारा स्न २०२२ मा दुई नयाँ सेवाहरुहरू सञ्चालन हुने भएको छ ।  Learn with Kidzee र Learning Ferris सेवा सञ्चालन हुनेछ । Learn with Kidzee घर मै बसेर आफ्नो बच्चाहरुलाई सिकाउन चाहने आमा बुवाहरुको लागि बनाइएको किट हो । यो ६ वटा बाकसहरूको सेट होः १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू र २ वर्ष ६ महिना देखि ४ वर्षसम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू हुन्छन र सबै बाकसहरूमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञहरूद्वारा प्रगतिशील रूपमा योजना गरिएका गतिविधिहरू छन् । यी गतिविधिहरूको योजना यस उमेरमा विकास गर्न आवश्यक पर्ने कौशलतामा केन्द्रित हुन्छ । सबै बाकसहरू साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरू, कौशल सोच मा केन्द्रित छन् । कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडियोहरू, र बच्चाहरूको लागि राइम भिडियोहरू पनि समावेश छन् ।

Kidzee Academic Guides बाट आउने कलहरू Learn With Kidzee कार्यक्रमको एक हिस्सा हुन् । यी गाइडहरूले आमाबाबुलाई मद्दत गर्छन् र तिनीहरूका सबै प्रश्नहरूको जवाफ दिन्छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...