Admission Open

ad place

यसकारण विवादमा मुछियो अमेरिकामा हुने ग्लोवल फिल्म अवार्ड

काठमाडौं,२८ फागुन : ग्लोबल नेपाली फिल्म अवार्ड आयोजकहरुको मनमुटावका कारण विवादमा परेको छ । अवार्ड आयोजक संस्थाहरु मध्येको गोल्डेन स्टेट मुभी मेकर्स,एलएलसी,क्यालिफोर्नीया अध्यक्ष यज्ञलाल श्रेष्ठले ग्लोवल नेपाली फिल्म अवार्ड एलएलसी,कोलोराडोका अध्यक्ष नवराज श्रेष्ठ र नेपाल फिल्म सोसाइटी,काठमाडौका अध्यक्ष कृष्ण मल्लले आफ्नो कम्पनीसँगको सम्झौताबिपरित मनोमानी ढंगले अवार्ड गर्न लागेकोमा बिरोध जनाएका छन् ।

ग्लोवल नेपाली फिल्म अवार्ड एलएलसी,कोलोराडा र नेपाल फिल्म सोसाइटीले पार्टनर आयोजक गोल्डेन स्टेट मुभी मेकर्सलाई खबरै नगरि गत मंगलबार काठमाडौमा प्रेसमिट गरि पाँचौ संस्करणको घोषणा गरेको थियो । त्यसपछि नै आयोजकहरुबीचको बिवाद सतहमा आएको हो ।

सन् २०१६ देखि अमेरिकामा आयोजना हुदै आइरहेको यो अवार्डको प्रमुख आयोजकमा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी–कोलोराडो,नेपाल फिल्म सोसाइटी–काठमाडौं र गोल्डेन स्टेट मुभी मेकर्स,एलएलसी–क्यालिफोर्नीया रहने भनेर तीन कम्पनीबीच ३० अगस्ट, २०१९ मा बिभिन्न १६ बुँदामा सम्झौता भएको थियो ।

सम्झौताको १५ नम्बर बुँदामा अवार्डको पाँचौ संस्करणदेखि अरु कम्तीमा २ वटा शो (जम्मा तीन शो) को पार्टनर आयोजकमा गोल्डेन स्टेट मुभी मेकर्स रहने, सहमतिमा आयोजक हुन नचाहेमा आयोजक नहुन सक्ने तर बिना सहमतिमा आयोजकको अस्तित्वबाट नहटाइने स्पष्ट उल्लेख छ । सोही ब्यबस्थाअनुसार तीन वटै संस्थाको संयुक्त आयोजनामा चौथो ग्लोबल नेपाली फिल्म अवार्ड सन् २०१९ को नोभेम्बर २९ मा सनफ्रान्सिस्कोमा सम्पन्न भएको थियो । त्यसपछि कोरोना माहामारीका कारण रोकिएको अवार्ड यसपालि ३ जुलाईमा टेक्ससमा हुने घोषणा गरिएको छ ।

सम्झौता पत्रमा स्पष्ट उल्लेख हुदाहुदै आफूसँग सल्लाहनै नगरी नयाँ संस्करण घोषणा गरिएकोमा श्रेष्ठ र मल्लका बिरुद्ध आफू कानूनी प्रक्रियामा जान लागेको गोल्डेन स्टेट मुभी मेकर्सका अध्यक्ष यज्ञलालले बताए । अमेरिकाबाट उनले भने, ‘मेरो कम्पनीसँग भएको सम्झौताबिपरीत अवार्ड गर्न लागीएकाले म उनीहरुलाई अमेरिकी कानून अनुसार केस गर्ने तयारीमा छु ।’

सन् २०१९ मा सम्पन्न चौथो ग्लोबल नेपाली अवार्डमा कार्यक्रम स्थल ब्यबस्थापन,साउन्ड सिस्टम,प्रोजेक्टर,लाइटिङ,भिडियोग्राफी,कलाकारको लजिङ,फुडिङ,स्थानीय यातायात खर्च,टिकट प्रिन्टिङ,नेपालबाट लगीएका कलाकारको हवाइ टिकेटको ब्यबस्थालगायतका सम्पूर्ण खर्च गोल्डेन स्टेट मुभी मेकर्सले गरेको थियो । उक्त अवार्ड कार्यक्रममा यज्ञलालले लाखौं रकम घाटा बेहोर्नु परेको थियो ।

‘मैले नेपाली फिल्म तथा कलाकारिताको बिकास,बिस्तार तथा यसबाट समाजमा केही योगदान गर्न सकियोस् भन्ने उद्धेश्यले घाटाको मतलब गरिनँ,’ उनको गुनासो छ, ‘सन् २०१९ को अवार्डमा स्पोन्सर,कार्यक्रम स्थल,कलाकारको ब्यबस्थापनलगायतका सम्पूर्ण काम मैले गरें । तर उहाँहरुले मेरो मिहीनेत र लगानीको कुनै कदर गर्नुभएन । त्यसकारण अब कानून प्रक्रियामै जानुपर्छ ।’

सम्झौताको १२ नम्बर बुँदामा गोल्डेन स्टेट मुभी मेकर्सले अवार्ड आयोजनाबाट खर्च कटाएर हुने मुनाफा वा बचत हिमालयन फाउन्डेसन कर्पमार्फत सामुदायिक बिकासका लागि प्रदान गर्ने प्राबधान छ । यदि घाटा भएमा सोको सम्पूर्ण भर्पाइ अध्यक्ष यज्ञलालले नै गर्ने उल्लेख छ ।

सल्लाह,सहमति र सम्झौता खारेज नगरिकनै आयोजक पार्टनर गोल्डेन स्टेट मुभी मेकर्सलाई गुमराहमा राखेर ग्लोवल नेपाली फिल्म र फिल्म सोसाइटीका प्रमुख द्धय नवराज र कृष्ण मल्लले पाँचौ संस्करणको अवार्ड घोषणा किन गरे ? यसबारे अहिले चर्चा सुरु भएको छ । आयोजकहरु बीचमै मतभेद बढेकाले चलचित्रकर्मीहरुले नै यो अवार्डप्रति आशंका ब्यक्त गर्न थालेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...