Admission Open

हिमालय एअरलाइन्सद्वारा ‘क्लिक एण्ड सेयर एच९’ फोटो प्रतियोगिता आयोजना

काठमाडौं : हिमालय एअरलाइन्सले मार्च ९ मा सातौं वर्ष पुरा गरी आठौं वर्ष प्रवेश गरेको छ । आन्तरिक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको एअरलाइन्सले वार्षिकोत्सवको सन्दर्भमा ‘क्लिक एण्ड सेयर एच९’ फोटो प्रतियोगिता सुरु गरेको छ ।

प्रतियोगितामा सहभागी भाग्यशाली विजेताले चीनका क्षेत्रहरू बाहेक एच९ क्षेत्रमा कुनै पनि राउन्ड ट्रिप टिकट जित्ने मौका पाउने एअरलायन्सले जनाएको छ । एअरलाइन्सद्वारा आयोजित प्रतियोगितामा इच्छुक जो पनि सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा कसरी सहभागी हुने ?

  • एच ९ (हिमालय एअरलाइन्सको लोगो) सहित फोटो खिच्ने। फोटोमा एच९ लोगो पूर्ण रुपमा देखिनु पर्नेछ
  • यसरी खिचेको फोटो हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक म्यासेजमा पठाउनुपर्नेछ। फोटो चैत ६ गते(मार्च २०,२०२२) मध्यरातसम्म पठाइसक्नुपर्नेछ।
  • छनोट भएका फोटोहरु चैत ८ गते (मार्च २२) हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेजमा अपलोड गरिनेछ।
  • प्रतियोगितामा सहभागी हुने तथा भोट हाल्ने व्यक्तिले हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेज लाइफ र फलो गर्नुपर्नेछ।
  • सहभागीहरुले हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेजमा अपलोड भएको आफ्नो फोटोमा अधिकतम लाइक बटुल्नुपर्नेछ (सहभागीको व्यक्तिगत फेसबुक पेजमा अपलोड भएको फोटोको लाइक गणना गरिने छैन)।
  • भोटिङ चैत २२ गते (अप्रिल ५) दिउँसो २ बजेसम्म खुला रहेन छ। विजेताको घोषणा चैत २५ गते (अप्रिल ८) हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत गरिनेछ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...