Admission Open

अमेरिका र टर्कीका राष्ट्रपति बीच युक्रेनमा रुसको आक्रमणबारे छलफल

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप बीच बिहीबार टेलिफोन वार्ता भएको छ। सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीको बारेमा छलफल भएको जनाइएको छ।

“राष्ट्रपति बाइडेनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ” अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुवै देशले युक्रेनको सरकार र जनताको लागि आफ्नो बलियो समर्थन पुन: पुष्टि गर्दै रुसी आक्रामणको तत्काल अन्त्यको आवश्यकतालाई जोड दिनुभएको छ।

“राष्ट्रपति बाइडेनले द्वन्द्वको कूटनीतिक समाधानलाई समर्थन गर्ने टर्कीको प्रयासको साथै शान्ति र स्थायित्वलाई प्रवर्द्धन गर्न मद्दत गर्ने क्षेत्रीय नेताहरूसँग टर्कीको हालैको संलग्नताको लागि प्रशंसा व्यक्त गर्नुभएको,” जनाइएको छ।(रासस-एएनआई)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...