Admission Open

ad place

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका सामग्री प्रदान

 

पोखरा : महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिदै यस बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित श्री अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।

यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामाग्रीहरु प्रदान गरिएको पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक  किरण घिमिरेले जानकारी दिए । एक विशेष कार्यक्रमका बिच उक्त विज्ञान प्रयोग शालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो । महालक्ष्मी विकास वैंक ले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु नेपाल भर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने कुरा जनाएको छ ।

साथै, बेंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्घी खाता संचालनमा ल्याएको छ । वार्षिक व्याजदर ८.५५५ रहेको यस खाता न्युनतम मौज्दात रु ५१ मा नै खोल्न सकिने छ । यसमा रु ५लाख सम्मको दुर्घटना विमा, नि:शुल्क मोवाइल वैकिङ , निशुल्क एटिएम कार्ड, नि:शुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card, Dollar card जारी गरीसकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...