Admission Open

ad place

सेल्सवेरी ग्रुपद्वारा आयोजित ‘मेड इन नेपाल’ अभियान जारी

काठमाडौं : सेल्सवेरी ग्रुपद्वारा आयोजित ‘मेड इन नेपाल’ अभियान जारी छ । माघ १ गते सुरु भएको यो अभियान फागुन मसान्तसम्म चल्नेछ । यो अभियानमा नेपाली ब्राण्डका २० वटा कम्पनी सहभागी भएका छन् । प्रत्येक कम्पनीका प्रडक्ट प्रदर्शन गर्ने गरी २० वटा नै स्टल राखिएका छन् ।

नेपाली ब्राण्डको प्रवद्र्धनसहित बिक्री वितरण बढाउने लक्ष्यसहित सेल्सबेरीद्वारा आयोजित मेड इन नेपाल अभियान निकै प्रभावकारी बनेको चिफ बिजनेश अफिसर चेतनारायण पौडेलले जानकारी दिए ।

सेल्सवेरीको सीतापाइला, सातदोबाटो, बत्तीसपुतली, महाराजगन्ज शाखा र पोखरास्थित सेलवेजको चिप्लेढुंगा, लेकसाइड, शान्तिनगर शाखामा यो अभियान अन्तर्गत नेपाली उत्पादनका छुट्टाछुट्टै स्टल राखिएको छ । अन्य स्टोर्समा पनि नेपाली उत्पादनलाई प्राथमिकताका साथ प्रवद्र्धन, प्रदर्शन तथा बिक्री वितरण गरिएको जनाइएको छ ।

‘मेड इन नेपाल अभियान अन्तर्गत राखिएका स्टलहरुमा उपभोक्ता तथा ग्राहकहरुको उत्साहजनक उपस्थिति रह्यो,’ पौडेलले भने ।

मेड इन नेपाल अभियानमा माटो, फ्रेस, वाइवाइ, नेविको, डिभा, जिरु, टाइगर नुडल, केटिएम दालमोट, हिमालय कफी, ग्राण्ड सुप, सेन्चुरी मसला, नेपाल ग्रामोद्योग, विपोल, सफ्ट एण्ड ड्राइ, हाइलाइफ, बायएक्युवा, टित्तोफ्रित्तो, प्याडलक्स, पाण्डा टिस्यु पेपर, क्याराभान मसला ब्राण्ड सहभागी भएका छन् ।

टिप्पणिहरु
Loading...