Admission Open

ad place

राष्ट्रपतिद्वारा बादी समुदायका महिलाहरुको कथा समेटिएको  ‘नो लङगर अनटेबल’ सार्वजनिक,

काठमाडौँ  : अमेरिकी लेखक सारा डेभिल्सन ट्रेसीले लेखेको किताब ‘नो लङगर अनटेबल’ राष्ट्रपति बिध्यादेबी भण्डारीले आइतबार  समारोहका बिच सार्जवनिक गर्नु भएको छ ।

बादी समुदायका पाँच महिलाहरुको कथा समेटिएको पुस्तकको अंग्रजी प्रकाशन आइतबार राष्ट्रपति भबन सितल निवासमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रपति भण्डारीले सार्जवनिक गर्नु भएको हो । पुस्तक सार्जवनिक समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले अब छुबाछुत र मानव बेचबिखनलाई इतिहास बनाउन संसारभरका मानिस एकजुट हुनुपर्ने बताउनु भयो । मानब बेचबिखन संसारकै साझा समस्या भएको छ । नेपालमा पनि यो ब्यप्त रहेकाले समस्या समाधान गर्न सरकार र संघ संस्थाले एक साथ काम गर्न पर्ने कुरामा जोड दिनु भयो । पुस्तक सार्जवनिक कार्यक्रमका लागि यसै साता नेपाल आएकी लेखक ट्रेसीले मानब बेचबिखन हिरोइजम र आशामा आधारित रहेको किताब विश्वभर किताब बिक्री गर्ने ऐमजनमा बेस्ट सेलिङ पुस्तकको सुचीमा रहेको बताउनु भयो । साथै उहाँले नेपालका राष्ट्रपतिसमक्ष पुस्तक र समस्याबारे जानकारी दिन पाउँदा समस्या समाधानमा सरकार क्रियासिल हुने आशा ब्यक्त  गर्नु भएको छ ।

पश्चिम नेपालका विभिन्न जिल्लाबाट भारतका विभिन्न सहरहरुमा बेचिएका र उद्दार भइ पुनस्थापित ५ महिलाको कथा समस्या समाधानका लागि मार्ग बन्ने साराको भनाइ थियो । कबिता बादी, देबीसारा हन्ना बादी, सरिता परियार, रुथ बादी र सुकमाया बादीका कथाहरु पुस्तकमा समेटिएको छ । कार्यक्रममा बोल्दै पुस्तकमा समावेश गरिएकी एक पात्र देबीसरा हन्ना बादीले आफूले आँखै अगाडि देखेका र भोगेका दिनहरु पुस्तकका रुपमा आफ्ना अगाडि आउँदा खुसी लागेको बताउनु भयो । साथै उहाँले आज पनि एक पुरिया बिस्कुटमा आफ्नो शरीर बेचिरहेका दिदी बहिनीको पुनस्थापनामा सरकारलाई झक्झकाइदिन राष्ट्रपतिसमक्ष अनुरोधसमेत गर्नु भएको थियो । बिगत १५ वर्षदेखि बादी महिलाहरुको उद्दार शिक्षा र पुर्नस्थापनामा काम गरिरहेका राजु सुन्दासले हरेक दिन अझै पनि सैयौँ नेपाली छोरीहरु नेपालबाट भारतका कोठीहरु र पछिल्लो समय मध्यपूर्वका देशहरुमा बेचिरहेको तथ्य राष्ट्रपतिसमक्ष राख्दै सरकारको ध्यानर्कर्षण गराउनु भयो । पुस्तक छिटै नेपालीमा भाषामासमेत आउने सुन्दासले राष्ट्रपतिसमक्ष जानकारी दिनु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...