Admission Open

ad place

तारा एअरले शुरु गर्यो पुनः पोखरा जोमसोम नियमित उडान

पोखरा : डिसेम्बर २० बाट बन्द भएको पोखरा जोमसोम उडान तारा एअरले पुनः शुरु गरेको छ ।

आजबाट पुनः नियमित उडान शुरु भएको बताइएको छ । आइतबार ५ जना प्यासेन्जर सहित फ्लाईट भएको थियो जसमा इन्डियन नागरिक र अन्य बिदेशी यात्रुहरुले यात्रा गरेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

जोमसोम, लुक्ला, सिमिकोट आदिको बुकिङ हेर्दा यो बर्ष पर्यटक बढ्ने र पर्यटन क्षेत्रमा सुधार आउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...