Admission Open

ad place

‘स्प्राइटसँग जित्ने मौका’ स्प्राइटको मेगा प्रमोसनल क्याम्पेन

[ यो अफरमा सहभागी हुनका लागि उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नु पर्नेछ ]

काठमाडौँ : लोकप्रिय लेमन-लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुवात गरेको छ । यो प्रमोसन स्प्राइटको ‘क्लियर रह’अभियानको हिस्सा हो जसको उद्देश्य युवाहरूलाई स्प्राइटको साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो ।

यस प्रमोसनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको कम्पनीले जनाएको छ । यस क्याम्पेनअन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० देखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसुङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसुङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।

यो अफरमा सहभागी हुनका लागि उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ अथवा सिधै https://www.sprite.com.np मा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ । सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् । यो योजना २०७८ फागुन ८ देखि २०७८ चैत १६ सम्म लागू हुनेछ ।

यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागू हुनेछ । बजारमा यो अफर लागू नहुने बोतलहरु पनि उपलब्ध छन् । ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको लेबल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफूसँग राख्नुपर्ने छ ।

थप नियम र शर्तहरुसम्बन्धी विस्तृत विवरण स्प्राइटको आधिकारिक वेबसाइटबाट जानकारी लिन सकिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...