काठमाडौं : हाम्रो दैनिक जीवनमा विद्युतले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । बढ्दो जनसंख्या र प्रविधिको बढ्दो प्रयोगसँगै विद्युतको माग र अपरिहार्यता पनि दिन–प्रतिदिन बढ्दै गइरहेको छ । र सँग–सँगै विद्युतीय कारणबाट हुने जोखिम र दुर्घटनाहरु पनि बढ्दै गइरहेका छन् । उचित सावधानी र सुरक्षा अपनाउन नसकेको खण्डमा अपार धनजनको क्षति हुनुको साथै जीवनै नै जान सक्ने खतरा पनि हुन्छ ।
बिजुलीको प्रयोग घर, कल–कारखाना लगायत थुप्रै ठाउँंमा थुप्रै प्रयोजनको लागि हुन्छ । त्यसैले घर होस् या कल कारखाना, राम्रो गुणस्तरको वायरिङ्ग पाइपको प्रयोग गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।
घर बनाउँदा मानिसहरु ईट्टा, सिमेन्ट,पाइप्स र फिटिङ्सदेखि लिएर इन्टेरियर–एक्स्टेरियर सम्म सबै कुराहरुको राम्रोसँग अध्ययन गर्छन् तर नेपालमा वायरिङकै लागि छुट्टै किसिमको पाइप लगाउनुपर्छ भन्ने चेतना एकदमै कम छ । त्यसैले उनीहरुले वायरिङकै लागि बनेको पाइप प्रयोग गर्नुको सट्टा खानेपानीको लागि प्रयोग हुने पाइप्स अथवा अर्को कालो एच्डिपिइ पाइप प्रयोग गर्ने गर्दछन् । तर यस्तो पाइपहरु वायरिङ्गको लागि बनेको नहुने हुँदा शर्ट सर्किट भएको खण्डमा यस्तो पाइपहरुले सुरक्षा दिन सक्दैनन् ।
यसरी विद्युुतीय प्रयोजनकै लागि बनेको पाइपहरु प्रयोग नगर्दा थुप्रै दुर्घटनाहरु भईरहेका छन् र यस्ता दुर्घटनाहरु कम गर्ने उद्धेश्यले मंगलम पाइप्सले Mangalam WireSafe पाइप चाँडै बजारमा ल्याउँदै छ । वजनमा धेरै हल्का र किफायती यी पाइपहरुको मुख्य बिसेस्ता भनेको नै आगो नलाग्ने, नओसिने र नकोरिने प्रकृतिका हुन्छन् । यसको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा यिनीहरु छोटो समयमा नै बलियोसँग जोडिन्छन् ।
Mangalam WireSafe पाइपहरु १.३ मि.मि. देखि २.७ मि.मि. सम्मको मोटाईमा उपलब्ध हुनेछन् । १.३ मि.मि. मोटाइको पाइप सिमेन्ट ढलानमा जडान गर्नको लागि उपयुक्त छन । यो लाइट, मेडियम र हेभी रेन्जमा २० देखी ३२ मि.मि. मोटाइमा उपलब्ध हुनेछन् । यसको पाइप्स र फिटिङ्सहरु IS 9537:3 मापदण्ड अनुसार बनाइएका छन् ।
विद्युुतीय दुर्घटनाहरु बढीरहेको नेपाली परिप्रेक्ष्यमा मंगलमको यो वायरसेफले दुर्घटनाहरु उल्लेखनीय रुपमा कम गरी वायरिङको क्षेत्रमा क्रान्ति नै ल्याउने विश्वास गरिएको छ । आगामी एक महिना भित्र Mangalam WireSafe बजारमा उपलब्ध हुने कम्पनिको तर्फ बाट बिज्ञप्ति जारी गरिएको छ ।
Mangalam WireSafe वायरिङ गर्न सजिलो, अग्नी प्रतिरोधी, मर्मत सम्भारको खर्च नहुने, जडान गर्न सजिलो,विद्युतको कुचालक, धेरै टिकाउ हुने, हलुका वजन, वातावरण मैत्री, कोरोजन रेसिस्टान्ट, उच्च मेकानिकल शक्ति लगायतका बिशेषता रहनेछन् ।