Admission Open

ad place

एमसीसीमाथि छलफल गर्न आज प्रतिनिधिसभा संसदको बैठक बस्दै,

काठमाडौँ, १५ फागुन : मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) का बारेमा छलफल गर्न आज दिउँसो प्रतिनिधिसभा संसदको बैठक बस्दैछ । १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न नसकेपछि पूनः सूचना टाँस गरेर आज फागुन १५ गतेलाई सारिएको हो ।

आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

त्यस्तै पहिलो कार्यसूचीमा भनिअनुार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो रहेको छ भने दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...