Admission Open

बालविकास र सिपमूलक शिक्षा पद्धतिमा परिवर्तनका खातिर काम गर्ने प्रेरणा मिलेको छ : प्रिन्सिपल-पुष्पा रिजाल:

[ सिटी मन्टेसरीलाई हार्दिक बधाई ]

सिटी मन्टेसरी, करिब एक वर्षदेखि British Council को International School Award (ISA) मा सहभागी हुँदै आएको थियो । फलस्वरूप International School Award (ISA) बाट Full Awarded भएको छ । सिटी मन्टेसरी २०६४ सालमा खुलेर अगाडि बढ्दै आएको एउटा सानो स्कुल हो । त्यसरी एकएक पाइला अगाडि बढ्दै आएको सानो स्कुल आज इन्टरनेशनल स्कुलका रूपमा स्थापित भएको जानकारी गराउन पाउँदा म अत्यन्त हर्षित छु ।

नेपाली शैक्षिक जगतमा नयाँ आयाम दिने हाम्रो तीव्र इच्छाशक्ति र हामीले अपनाउँदै आइरहेका अवधारणाहरू सही दिशामा छन् भन्ने अनुभूति मात्रै गराएको छैन कि आउँदा दिनमा थप जिम्मेवारी पनि थपिएको छ । नेपाली शैक्षिक जगतमा अझ साहस र सङ्कल्पका साथ शिक्षा क्षेत्रको सोचमा परिवर्तन ल्याउँदै आगामी दिनमा बालविकास र सिपमूलक शिक्षा पद्धतिमा परिवर्तनका खातिर काम गर्ने प्रेरणासमेत मिलेको छ । त्यसका साथै हाम्रो समाजमा पुर्खाको सोचबाट जन्मेको आध्यात्मिक चिन्तनलाई पनि जोडेर दैनिक ध्यानबाट कक्षा सुरु गर्ने र संस्कृतसहितको शिक्षा पद्धतिको सुरुवातको पनि नमुना स्कुल बनाउने हाम्रो लक्ष्य रहेको छ ।

कक्षा एलकेजीदेखि कक्षा तीनसम्मका बालबालिकाहरू ISA प्रोजेक्टमा सहभागी भएका थिए। यस बिचमा आठओटा टपिक (Project) मा विभिन्न देशका विभिन्न स्कुलका विद्यार्थीहरू सँगै हाम्रा विद्यार्थी राखेर जुम (zoom) बाट कक्षा गरिएको थियो । उक्त कार्यक्रमको संयोजन सिटी मन्टेसरीकी कोर्डिनेटर सृष्टि शर्माले गर्नुभएको थियो । उहाँका अनुसार प्रायः कन्टेन्टहरू विश्वव्यापी शिक्षा (Global Education) को अवधारणाको तहबाट ज्ञान दिनुपर्ने थिए । जसका लागि हाम्रा स–साना बालबालिकालाई उनीहरूकै तहबाट बुझाउनुपर्ने हुँदा केहि चुनौती त भयो नै तथापि हाम्रा शिक्षिकाहरू मन्टेसरी तथा खेलविधि लगायत आधुनिक शिक्षा पद्धतिको पूर्ण तालिम प्राप्त भएकाले उक्त विषयलाई सहजतापूर्वक नै कक्षा कोठामा र डकुमेन्ट बनाउने कुरामा पनि उत्तिकै निपुर्णतापूर्वक कार्य गरी स्कुललाई एउटा टिमवर्कको नमुनाका रूपमा स्थापित गरिदिनु भएकोकोले नै हामीले सफलता प्राप्त गर्न सफल भयौँ ।

त्यसैले सिटी मन्टेसरीलाई हार्दिक बधाई साथै सम्पूर्ण टिमप्रति हार्दिक आभार र धन्यवाद दिन चाहन्छु ।

टिप्पणिहरु
Loading...