भक्तपुर : मध्यपुरथिमि नगरपालिका–१ र ३ को सिमानामा पर्ने बुढाथोकी गाउँस्थित राममन्दिर पुनःनिर्माण सुरु भएको छ । विसं २०७२ को भूकम्पले भत्किएको उक्त मन्दिरको पुरातत्व विभागले ठेक्कामार्फत पुनःनिर्माण गर्न लागेको हो ।
पुरातत्व विभागको रु ८० लाखको लागतमा विभागले ठेक्कामार्फत मन्दिरको पुनःनिर्माण गर्न लागेको वडा नं. १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो । मन्दिरको आज शिलान्यास गरी पुनःनिर्माण थालिएको हो । (रासस)