Admission Open

खोटाङको दिक्तेलमा सपिङ कम्प्लेक्स तथा बाल उद्यान सञ्चालनमा

खोटाङ : दिक्तेल बजारस्थित रत्नपार्कमा निर्माण गरिएको सपिङ कम्प्लेक्स तथा बाल उद्यान सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसँगको साझेदारी कार्यक्रमअन्तर्गत सो उद्यान निर्माण गरिएको हो ।

रेष्टुरेन्टसहितको दुईतले सपिङ कम्प्लेक्स तथा बाल उद्यानको मङ्गलबार नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले संयुक्तरूपमा उद्घाटन गए । सम्झौताभन्दा तीन महिना अगाडि नै सम्पन्न भएको सो सपिङ कम्प्लेक्स तथा उद्यानको लागत रु चार करोड ३८ लाख रहेको छ । यसबाट नगरपालिकाको मात्र नभई जिल्लाकै आर्थिक तथा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।

मन्त्रालयको रु दुई करोड ५७ लाख र नगरपालिकाको रु एक करोड ८० लाख ८४ हजार लगानीमा उमा–लामा–अनशुवी जेभीले सो कम्प्लेक्स तथा उद्यान निर्माण गरेको हो । यो जिल्लाकै पहिलो बाल उद्यान हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...