Admission Open

ad place

एक हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि : १२ जनाको मृत्यु

[ २ हजार २ सय ३८ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त ]

काठमाडौं,२७ माघ : देशभर पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ८० को नमूना परीक्षण गर्दा एक हजार ३ सय ६९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार हजार ८ सय ८० को पीसीआर र तीन हजारको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार २ सय ३८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ३० हजार ६ सय ७ पुगेको छ । निको हुने दर ९५ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट नौ लाख ७१ हजार ४ सय ७५ र एन्टीजेन विधिबाट परीक्षण गर्दा एक लाख ३६ हजार ५ सय ११ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५३ लाख १२ हजार ४ सय ४२ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या १० लाख सात हजार २ सय ३४ पुगेको छ । कूलमा सङक्रमण दर १८ दशमलव तीन प्रतिशत छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख २० हजार ६०१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार चार रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८६४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३९० दशमलव पाँच रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३२ र आइसियुमा २२५ रहेको छ । होमआइसोलेसनमा २७ हजार ९३०, संस्थागत आइसोलेसनमा एक हजार ७४ र क्वारेन्टिनमा १३३ जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही, र कैलाली रहेका छन् । दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासीपूर्व, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन् । हाल शून्य सङ्क्रमित रहेको एक मात्र जिल्ला मनाङ रहेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार १७०, ललितपुरमा तीन हजार ४३१ र भक्तपुरमा एक हजार ४६४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...