काठमाडौं : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेबाट सर्बसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले छिटोमा फागुन ८ गतेदेखि ढीलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
संस्थाको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । संस्थाको उक्त साधारण शेयर सार्वजनिक निष्काशन तथा बिक्री गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।