काठमाडौं : पछिल्लो २४ घण्टामा एक हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिनमा ११ हजार ३६५ परीक्षण गर्दा एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ४० हजार १११ पुगेको छ । पछिल्लो समय ६ हजार १४६ जना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख १५ हजार ४८९ पुगेको छ ।
संक्रमणबाट आज १३ जनाको निधन भएको छ । हालसम्म ११ हजार ८२७ जनाको संक्रमणका कारणले निधन भएकोे छ । यस्तै ५०० भन्दा बढी संक्रमण भएको जिल्ला १३ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, बाके, रुपन्देही, र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् ।