काठमाडौं, २४ माघ : आजबाट काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप (फाइजर) को दोस्रो मात्रा दिइँदै छ ।
आजदेखि फागुन ५ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई दोस्रो मात्रा दिन लागिएको हो ।