Admission Open

ad place

कोरोना संक्रमणबाट १६ को निधन, २ हजार ५२६ जनामा संक्रमण पुष्टि

काठमाडौं, २२ माघ : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने कोरोना भाइरस संक्रमणका कारण १६ जनाको निधन भएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा गरिएको नमूना परीक्षणमा  २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ८ हजार ४२५ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुने संक्रमितहरुको दर ९२.९ प्रतिशत रहेको छ । हाल देशभर ५६ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, २४ घण्टामा ५१३०५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...