Admission Open

ad place

पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा दिउँसै मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २० माघ : नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेकोले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रही देशका तराई भूभागमा आंशिक वदली रहेको मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका विभिन्न ठाउँमा सामान्य बदली रही आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू-भागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...