Admission Open

आजको मौसम पूर्वानुमान : पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ५ पौष : मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा पनि परेको छ ।

महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ ।

दिउँसो प्रदेश १ का पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक(दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ ।

राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...