Admission Open

ad place

‘टिभिएस ६ प्राइजको सरप्राइज’ बिजेता मानन्धरलाई ‘प्रोटोन सागा’ कार उपहार

काठमाडौं : नेपालीहरुको महान् पर्व दसैं, तिहार र छठलाई लक्षित गर्दै टिभिएसले ल्याएको ‘टिभिएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गतको बम्पर उपहार विनोद मानन्धरले जितेका छन् । सल्लाघारी भक्तपुरका विनोद मानन्धरले बम्पर उपहार अन्तर्गत प्रोटोन सागा कार जितेका छन् । उनले टिभिएस एन्ट्रक आरटी–एफआई किनेका थिए ।

यो उपहार योजना अन्तर्गत ६ पटकसम्म उपहार जित्न मिल्ने ग्राहकले प्राप्त गरेका थिए । योजना २०७८, भदौ १६ बुधबारबाट प्रारम्भ भइ मंगसिर १४ मंगलवार जारी थियो ।

यो योजना अन्तर्गत हरेक हप्ता साता शतप्रतिशत क्यास ब्याक जित्ने बिजेताहरु १० जना छन् । सकिन धोबी, रवीन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वती चंद, कृष्ण प्रसाद भट्टराई, केशव कुमार रावलले क्यास ब्याक प्राप्त गरेका छन् ।

साथै खड्गी माया आङ्ग्देम्बे र बिना नेम्बाङले  आरआर३१० जित्न सफल भएका छन् ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफलछ ।

टिप्पणिहरु
Loading...