Admission Open

ad place

सुनको मूल्यमा लगातार गिरावट

[ हेर्नुहोस् कारोबार मूल्य ]

काठमाडौं, १६ माघ : सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ छ । यसको मूल्य शुक्रबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २ सय ५० रुपैयाँमा भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ९२ डलर आसपास कारोबार भइरहेको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...