काठमाडौं : सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ छ जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ४० रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।
अन्तरर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस एक हजार ७ सय ८७ डलर आसपास कारोबार भइरहेको छ । (रासस)