काठमाडौं, १५ माघ : नेपालमा गएको २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएअनुसार कोरोना संक्रमणका कारण नेपालमा ६ जनाको ज्यान गएको छ ।