काठमाडौ : राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका उम्मेदवारसँग बराबरी मत ल्याएर पनि गोलाप्रथाबाट हार्ने अभागी नेता हुन एमालेका उम्मेदवार गुरू बराल । निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन।
बस्नेत र बराललेई समान ४ हजार ४ सय ८८ मत प्राप्त भएको थियो। प्रदेश १ बाट महिलातर्फ एकीकृत समाजबादी जयन्ती राई र अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्यालजेन शेर्पा विजयी भएका छन् ।