काठमाडौं, १२ माघ : नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट पाँच जनाको निधन भएको छ ।
मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।