Admission Open

ad place

नेपालमा १२ हजार ८ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट ८ जनाको निधन

[ ३ हजार ४० जना निको भएर घर फर्किए ]

काठमाडौं, ११ माघ : नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन विधिबाट २५ हजार ९०९ जनाको परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४० जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २७ हजार २७९ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...