काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार उच्च अङ्कले घटेको छ । सोमबार कारोबार मापक नेप्से झण्डै सय अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९९.८६ अङ्कले घटेर दुई हजार ८२०.६५ मा ओर्लेको छ । यस्तै, कूल कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८.०८ अङ्कले घटेर ५ सय २६.०३ मा ओर्लेको छ ।
नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । कूल २ सय २८ कम्पनीको एक करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७८ मूल्यमा कारोबार भयो । आजको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ८६ अर्ब ११ करोड २८ लाख ४० हजारको हारहारीमा ओर्लेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैङ्किङ ५४.२७, व्यापार १ सय १३.६५, होटल तथा पर्यटन १०७.७६, विकास बैंक २३४.२७, जलविद्युत् १५५.८७, वित्त ११०.७८, निर्जीवन बीमा ५०६.७८, उत्पादन २ सय ४४, अन्य ८१.४१, लघुवित्त १८३.७५, जीवन बीमा ५६९.७९, सामूहिक लगानी कोष ०.३६ र लगानी ३.२३ अङ्कले ओरालो लागेको छ ।