Admission Open

ad place

भक्तपुरमा पनि ह्वात्तै बढ्यो कोरोना संक्रमण

भादगाउँ : भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए ।

त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । संक्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय संक्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय संक्रमितको सङ्ख्या चार हजार नजिक पुगेको छ । कूल सक्रिय संक्रमितको सङ्ख्या तीन हजार ९९८ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन् ।

जिल्लमा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय संक्रमित छन् । तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन् । मध्यपुरथिमिमा आइतबार मात्रै २०२ संक्रमित थपिएका थिए ।

त्यस्तै सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन् । त्यस्तै एचडियूमा चार , आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६ छन् ।

यसैगरी जिल्लमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ । यही माघ ८ गते एक संक्रमितको मृत्युसँगै जिल्लामा कोरोना संक्रमणका मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको हो ।

टिप्पणिहरु
Loading...