Admission Open

ad place

निर्वाचनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज

काठमाडौं : निर्वाचनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल सत्ता साझेदार दलहरुको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भएपछि लामोसमयदेखि सत्ता साझेदार दलहरुको बैठक बस्न सकेको थिएन । दुवै नेता कोरोना संक्रमण्मुक्त भएपछि बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो । सोही भेटवार्ता पछि गठबन्धनको बैठक अपरान्ह ४ बजे बोलाईएको हो ।

टिप्पणिहरु
Loading...