काठमाडौं, ६ माघ नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ र ६ हजार ४ सय ९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २ सय ८६ जना गरी जम्मा १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।