काठमाडौँ : गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठक बसेको छ । बैठकले आसन्न निर्वाचनका सम्बन्धमा निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ ।
गैरआवासीय नेपाली संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न संघका प्रमुख संरक्षक शेष घले संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ भने समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्तलाई राखिएको पनि विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गरिनेछ ।
त्यसैगरी फेब्रुअरी २०२२ तारिखमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय समेत गरेको छ ।