Admission Open

ad place

अर्पण शर्मा “वर्ष उत्कृष्ट प्रशिक्षक २०७८”

काठमाडौँ  : अर्पण शर्मा “वर्ष उत्कृष्ट प्रशिक्षक २०७८” (बेस्ट ट्रेनर अफ द इअर २०७८) द्वारा सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप प्रा.लि को आयोजनामा काठमाडौं नयाँ बानेश्वरको एवेरेस्ट होटलमा आयोजित हिमालयन इन्टरनेसनल अवार्ड – २०७८ मा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मंत्री उमा रेग्मी ज्यूले अर्पण शर्मालाई “वर्ष उत्कृष्ट प्रशिक्षक २०७८” ले सम्मानित गर्नु भएको हो ।

स्मरण शक्तिमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाएका शर्माले नेपाली युवा जगतमा राष्ट्रिय गौरव बढाउने कार्यमा प्रेरित गरेका छन् । उनले आफ्नो प्रतिभा आफुमा मात्रै सिमित नराखी “ध्यान तथा स्मरण शक्ति तालिम” मार्फत देशभरीका नेपाली युवालाई आफु जस्तै प्रतिभाशाली बनाउन उल्लेखनीय योगदान प्रदान गरेकोमा तथा देशका लाखौं विद्यार्थीहरुका प्रेरणाका पात्र भई आफ्नो तालिम मार्फत हजारौं विद्यार्थीहरुको जीवन नै परिवर्तन गर्नु भएकोमा सो सम्मान प्रदान गरिएको हो ।

टिप्पणिहरु
Loading...