
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
११ असार २०८२, बुधबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौं, ३० पुस : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न आज बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयाेगले बैठक बोलाइएको हो ।
‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।
१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलाे कार्यकाल पूरा हुन थाल्दा निर्वाचनकाे तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।