Admission Open

पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३३ को नमूना परीक्षण गरिएको थियो । १० हजार ६४८ ले पीसीआर र चार हजार ३८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३१३ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ७९८ पुगेको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३५ हजार ९२७ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ९६७ संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ४८ हजार २३७ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ६५ हजार २२८ पुगेको छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ४५७ रहेको छ । हाल सक्रिय थप २ हजार ४४४ मा कोरोना संक्रमण पुष्टि को सङ्ख्या नौ हजार ५२२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०७ पुगेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १९ र आइसियुमा ९३ जना रहेका छन् । होम आइसोलेसनमा आठ हजार ८६७, संस्थागत आइसोलेसनमा ६५५ र क्वारेन्टिनमा ११३ रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय  संक्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलाली छन् । शून्य संक्रमित रहेका जिल्लामा मुस्ताङ र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा तीन हजार ५२१, ललितपुरमा एक हजार ९० र भक्तपुरमा ६९९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणिहरु
Loading...