Admission Open

माघ ७ गतेदेखि काठमाडौंमा सरकारी सेवा लिन खोप कार्ड अनिवार्य

काठमाडौं, २७ पुस  : काठमाडौं जिल्ला प्रशासनले मंगलबार गरेको निर्णयअनुसार काठमाडौंमा माघ ७ गतेदेखि सरकारी सेवा लिन खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ। खोप कार्ड मोबाइलमा खिचिएको फोटोमात्रै भएपनि हुने प्रशासनले जनाएको छ।

काठमाडौँ लगायत देशभर संक्रमितको संख्या दिनानुदिन दोब्बरको हाराहारीमा बढेपछि जिल्ला प्रशासनले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी १८ बुँदे आदेश जारी गर्दै उक्त निर्णय ग्ेको हो ।

त्यसैगरी सार्वजनिक स्थलमा निस्कदाँ सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, साबु पानीले हात धुनेलगायत स्वास्थ मापदण्डको पालना गर्न निर्देशन दिइएको छ।

टिप्पणिहरु
Loading...